संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

<span class='c1'>संसद भवन प्रवेश गर्न खोज्दा</span> <span class='c2'>दलित अभियन्ता सुनार पक्राउ</span>

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक सातादेखि प्रदर्शन गरिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फलामको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो ।

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । ‘दलितलाई खै ?’ लेखिएको ब्यानरसहित उनी प्रदर्शन गर्दै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

१४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामुलक समाज स्थापना नहुने सुनारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्