अंग प्रत्यारोपणका क्षेत्रमा नेपाललाई विश्वकै नमूना बनाउन सक्छौं : डा.श्रेष्ठ

<span class='c1'>अंग प्रत्यारोपणका क्षेत्रमा नेपाललाई विश्वकै</span> <span class='c2'>नमूना बनाउन सक्छौं : डा.श्रेष्ठ</span>

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले मरेपछि खरानी भएर जाने अंगलाई दान गर्न सकेको खण्डमा एक व्यक्तिबाट आठ जनाले पुर्नजीवन पाउन सक्ने बताएका छन् ।

विश्व अंगदान दिवसका अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा उनले सेवा, सुविधा र पूर्वाधार विकास गर्न सके देश अगंदानमा आत्मनिर्भर हुने बताए । उनले केन्द्रले मिर्गौला प्रत्यारोपणमा ९८ र कलेजो प्रत्यारोपणमा ९३ प्रतिशत सफलता हांसिल गरेको दाबी पनि गरे । अंग प्रत्यारोपणका क्षेत्रमा विश्वमा नमून बन्ने प्रयासमा रहेको उनले सुनाए ।

‘हामीले १२ सय ९२ जनाको मृगौला र २७ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छौं । ९८ प्रतिशत मृगौला र ९३ प्रतिशत सफल छौं । गत आर्थिक बर्षमा पनि १९६ जनाको मृगौला र १५ कलेजो गरी २११ जनाको सफल प्रत्यारोपण गरेर विरलै पाइने सफलता हाँसिल गरेका छौं,’ उनले भने । केन्द्र भौतिक पूर्वाधारका रुपमा कमजोर रहेको उल्लेख गर्दै डा.श्रेष्ठले एक सय रोपनी जग्गा भक्तपुर इट्टा कारखाना क्षेत्रमा लिने प्रक्रिया अघि बढेको बताए । ‘जग्गा प्राप्तीको विषयमा अगाडि बढिरहेको छ । जग्गा प्राप्त भएमा तीन महिना भित्रमा प्रिफ्याक भवन बनाएर सेवा सुरु गर्छौ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्