“पुर्वाञ्चल कलेज प्रिन्सेसले मलाई पहिचान दियो” – सुस्मिता बस्नेत

<span class='c1'>“पुर्वाञ्चल कलेज प्रिन्सेसले मलाई पहिचान</span> <span class='c2'>दियो” – सुस्मिता बस्नेत</span>

विगत केही वर्ष यता पुर्वाञ्चलमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु हुने गरेका छन् । युवतीहरु जो मोडलिङमा रुचि राख्छन् र यसै क्षेत्रमा  आफ्नो करियर बनाउन चाहन्छन् उनिहरुका लागि पुर्वमा हुने यस्ता सौर्न्दर्य प्रतियोगिताले ठुलो मदत गर्दै आएको छ ।     यस्तै  पुर्वान्चल कलेज प्रिन्सेस  पनि एक सौन्दर्य प्रतियोगिता हो। विगत दुई वर्षदेखि जारी यस प्रतियोगिताले   युवतीहरुको सौन्दर्य मात्र नभएर अत्मविश्वास बढाऊनुका साथै समाज संग जोड्ने काम गरिरहेको छ । यस प्रतियोगितको पहिलो संस्करण सन २०१५ मा बिराटनगरमा भएको थियो ।
पहिलो संस्करणकी बिजेता सुस्मिता बस्नेत कलेज प्रिन्सेसले उनलाई अलगै पहिचान दिएको छ भन्छिन। पहिलो संस्करणको छनोट(अडिसन) सम्झिदै उनि मुस्कुराउछिन अनि भन्छिन म पहिला अर्कै थिए अहिले अर्कै भएको छु । मानिसको अगाडि बोल्न डराउने मलाई कलेज प्रिन्सेसले बोल्न सिकायो । उनि भन्छिन छनोट देखी फाईनल चरण सम्म  पुग्दा म भित्र र बाहिर आएको परिवर्तनको मज्जाले अनुमान गर्न सकिन्थियो ।
प्रतियोगितामा सहभागी हुनु भनेको जित्न हो तर २० जनालाई उछिन्दै बिजेता बन्छु भनेर मैले अन्तिम सम्म पनि सोचेको थिईन । बिजेता घोषणा भए पछि ठुलो जिम्मेवारीले थिचे जस्तो भए पनि समाजमा योग्दान दिन म तयार छु भन्ने विश्वास पनि बढेको थियो । अहिले म नर्सिङको बिध्यार्थी हु , बिजेता भएपछि मैले गर्नु पर्ने मानव सेवामा अझ जिम्मेवारी बोध पाएको छु । कलेज प्रिन्सेसको २०१७ को संस्करण सुरु हुन लगेको छ , यस प्रतियोगिताले युवतिहरुको क्षमता बृद्दी गर्ने कुरामा म ढुक्क छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्