सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं : प्रधानमन्त्री

<span class='c1'>सुशासनका लागि भ्रष्टाचार अन्त्य</span> <span class='c2'>गर्छौं : प्रधानमन्त्री</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताए ।

उनले भने, ‘देश र जनातालाई सर्वपरी राखेर देश र जनताको हितहरुप्रति सर्मपित भएर लोकतन्त्रका मूल्यमान्यताहरुलाई जीवन पद्दतिको रुपमा अवलम्वन गरेर शुसाशनका निम्ती भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौं ।’साथै उनले लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा अवलम्वन गर्न कसैको फरक मत नरहने उल्लेख गरे । उनले लोकतन्त्रका विरुद्धमा केही प्रवृतिहरु देखा पर्न गएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्