मानव बेचबिखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जना पक्राउ

<span class='c1'>मानव बेचबिखन तथा ओसार पसार मुद्दामा</span> <span class='c2'>विदेशी नागरिकसहित तीन जना पक्राउ</span>

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिक सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ ।

१४ वर्षिया एक बालिकालाई “तिमी दुख पाउने केटी रहेछौँ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविश्य बन्छ भनि विभिन्न किसिमबाट ललाई फकाई गरि मानव वेचविखन गरेको प्रहरीको भनाइ छ ।

विश्वास दिलाई चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ गते विवाह गराई कास्कीको पोखरा महानगपालिका वडा नं. ६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा उद्दार गरिएको हो । पीडितको आमाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारबाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसूरमा साउन २९ गते कास्की कार्यालयमा जाहेरी दरखास्त पेश गरेकोले तत्काल प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान टोली खटिई गई १ जना विदेशी नागरिक सहित ३ जनालाई पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकिृया अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्