जसपा नेपालले गठन गर्यो कोशी नामाकरण विरुद्ध आन्दोलन परिचालन समिति

<span class='c1'>जसपा नेपालले गठन गर्यो कोशी</span> <span class='c2'>नामाकरण विरुद्ध आन्दोलन परिचालन समिति</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामाकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामाकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन् । केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामाकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सङ्घर्ष समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्