साफ यु–२० च्याम्पियनसिपका सबै टोलीको तयारी पूरा

<span class='c1'>साफ यु–२० च्याम्पियनसिपका सबै</span> <span class='c2'>टोलीको तयारी पूरा</span>

काठमाडौं । आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोलीले तयारी पूरा गरेको जनाएका छन् ।

शनिबार एन्फा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयारी पूरा भएको बताएका हुन् ।

उदघाटन खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगितामा पाकिस्तान बाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आवद्ध ६ देश सहभागी छन् । प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएपनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको भन्दै उद्टनसहित समूह चरणको खेलहरु एन्फा कम्प्लेक्समा गर्न लागिएको छ । सोही क्रममा नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिममा अघिल्लो वर्षका खेलाडीहरु, ए डिभिजन लिग खेलेका खेलाडीहरु रहेको भन्दै परिणाम राम्रो आउने आशा गरेको बताए । यस्तै, उनले धेरै मेहेनत गरेर टिमलाई तयार पारेको पनि बताए ।

उनले भने, ‘हामीले ४०–४५ दिन एन्फा कम्प्लेक्सकै ग्राउन्डमा तयारी गर्न पायौं । बर्षाले खासै असर गरेन र यही मैदानमा हाम्रो खेल हुने भयो । हाम्रो लागि धेरै राम्रो कुरा हो । खेलाडीहरुका लागि अलिकति फाइदा हुन्छ जस्तो लागेको छ । अघिल्लो वर्षका खेलाडीहरु पनि समावेश गरिएको छ । ए डिभिजन लिग खेलेका खेलाडीहरु पनि छन् । धेरै मेहेनत गरेका छौ र यसपालीको टिम राम्रो नै भएको छ जस्तो लाग्छ ।’

यस्तै, नेपालका कप्तान कुशल देउवाले पनि टिम पूर्ण रुपमा तयार रहेको भन्दै च्याम्पियानसिप जित्ने लक्ष्य र सोचका साथ आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्