यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले गाई जात्रामा विशेष प्रदर्शनी गर्ने

<span class='c1'>यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले</span> <span class='c2'>गाई जात्रामा विशेष प्रदर्शनी गर्ने</span>

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१ औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो ।

समाजका भक्ति शाहका अनुसार सधैँझैँ यसपालि पनि गौरव यात्रा आयोजना गरिने र देशभरबाट समूदायका व्यक्तिहरुलाई काठमाडौं बोलाइएको छ । ‘२०८१ भदौ ४ गते हामी कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि दिउँसो १ बजे भेला हुनेछौँ र दिउँसो १ः३० बजे गौरव यात्रा सुरु हुनेछ । यात्रा वसन्तपुर डबलीमा हाम्रा दिवङ्गत साथीहरू र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन हुनेछ,’ नीलहिरा समाजको सूचनामा भनिएको छ ।

‘संस्कृति मनाऔँ, लैङ्गिक विविधता अंगालौँ’ भन्ने नाराका साथ मनाउन लागिएको गाईजात्रामा मौलिक पोसाक, संस्कृती, बाजागाजासहित उनीहरु सडकमा आउने पनि शाहले जानकारी दिए । ‘समाजमा हामी पनि छौं, हाम्रो पनि अधिकार र पहिचान छ भन्ने सन्देश दिनका लागि गाईजात्रालाई विशेष बनाइएको हो,’ उनले भने । समुदायमन व्यक्तिहरुले आफूले चाहेको पोसाक लगाउन र स्वतन्त्रताको अनुभूति गराउन गाईजात्रा प्रदर्शनी उपयोगी भएको पनि उनले जानकारी दिए । प्रदर्शनीमा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी एवम विभिन्न देशका कूटनीतिज्ञहरुलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्