सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्दैन् : प्रधानमन्त्री ओली

<span class='c1'>सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी</span> <span class='c2'>गर्दैन् : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्ने काममा नलाग्ने दाबी गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यलय च्यासलमा आयोजित एमालेनिकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै उनले सरकार भ्रष्टाचारका घटना खोजविन गर्ने र कारवाही गर्ने कामको लागि बनेको भन्दै सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्ने बताए ।

उनले भने, ‘अहिलेको सरकार भ्रष्टचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्ने र भ्रष्टाचार छोप्ने काम गर्नका लागि होइन। भ्रष्टाचार खोजविन र कारबाही गर्ने कामको लागि बनेको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्छ । समयक्रममा व्यवहारमा देखिँदैजान्छ ।’प्रधानमन्त्री ओलीले न्याय र कानून सबैका लागि भएकाले अनुहार हेरेर कुनै पनि व्यवहार नगर्ने बताए । उनले थपे, ‘न्याय सबैको लागि र कानून सबैका लागि हो । अनुहार र मान्छेको मुख हेरेर कुनैपनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ । हामी एउटा सुशासनयुक्त, समृद्ध, आधुनिक, शान्तिपूर्ण सुखी नेपाल र आनन्दको नेपाल बनाउन चाहन्छौं ।’

उनले जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउने काम गरेको बताए । उनले भने,‘ जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउँछ । जो भ्रष्टाचार विरोधी छ उसलाई आरोप लगाएर तथानाम बोलेर बद्नाम गर्न खोजिन्छ । यस्ता तत्वहरु छन् । तीनलाई देशको माया छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्