चौध खर्ब ४५ अर्ब विप्रेषण भित्रियो

<span class='c1'>चौध खर्ब ४५</span> <span class='c2'>अर्ब विप्रेषण भित्रियो</span>

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । आव २०७९/८० मा यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई हजार ७७ हजार दुई सय ७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्