पशुपति क्षेत्रमा जनै फेर्ने र डोरो बाँध्नेहरुको चहलपहल (फोटो फिचर)

<span class='c1'>पशुपति क्षेत्रमा जनै फेर्ने र</span> <span class='c2'>डोरो बाँध्नेहरुको चहलपहल (फोटो फिचर)</span>

काठमाडौं । आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ ।

जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ ।

आज बिहान पशुपति क्षेत्रमा गएर स्नान गर्ने, पुरानो जनै हटाएर नयाँ जनै लगाउने तथा नाडीमा डोरो बाँध्ने र बाँधिदिनेहरुको चहलपहल छ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो र जनै लगाउँदा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्