“यो बन्द हाम्रै लागि हो” (कविता)

<span class='c1'>“यो बन्द हाम्रै</span> <span class='c2'>लागि हो” (कविता)</span>

तर हामी त जनताकै लागि हौं

सत्य सत्य धरोधर्म
यो बन्द हाम्रै लागि हो
कृपया बुझिदिनुस् मर्म

ओई केटो उता हेर् त
बन्दको अवज्ञा गर्ने को त्यो साला
फुटाईदे बाईक जलाईदे गाडी
अनि पो अरुको नि सात्तो जाला

देशको लागि लड्दैछौं
नेताको भुँडी भर्दैछौं
कति दिन हामी अन्धो भई बस्ने ?
दाजुभाई लडेरै मर्दैछौं!!
देश र जनताको लागि भन्दै
स्कुल कलकारखाना किन बन्द गर्दैछौं?
आउ अब बदलौं
यी राजनैतिक कुसँस्कारहरु
नेताकै घर दैलोमा गई
सम्झाऔं न उनीहरुलाई बरु !!
राजनैतिक कुसँस्कार बदल्नु बाहेक
छैन देश बनाउने विकल्प अरु !!!
नेताकै घर दैलोमा गई
सम्झाऔं न उनीहरुलाई बरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्