धरानमा मुला बोकेको ट्रकबाट चौध क्विन्टल गाँजा बरामद

<span class='c1'>धरानमा मुला बोकेको ट्रकबाट</span> <span class='c2'>चौध क्विन्टल गाँजा बरामद</span>

विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङ्गबाट ट्रकमा लाोड गरेर ल्याउँदे गरेको एक हजार ४२० केजी गाँजा प्रहरीले बरामद गरेको छ । बिहीबार बिहान इलाका प्रहरी कार्यालय धरानले मुला लोड गरेर ल्याउँदै गरेको ट्रकबाट गाँजा समेत बरामद गरेको हो ।

प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरासँगै लोड गरीएको ४४ वटा सेतो बोरामा गाँजा फेला पारेको हो ।

लागुऔषध गाँजा सहित मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ बर्षीय राज कुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ बर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ । नियन्त्रणमा लिईएको गाँजा, ट्रक र पक्राउ परेका उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्