कपिलवस्तु सदरमुकाम तौलिहवा निषेधित क्षेत्र घोषित

<span class='c1'>कपिलवस्तु सदरमुकाम तौलिहवा</span> <span class='c2'>निषेधित क्षेत्र घोषित</span>

कपिलवस्तु। स्थानीय प्रशासनले कपिलवस्तुको सदरमुकाम तौलिहवा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहान ६ बजेदेखि लागु हुनेगरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकबाट पूर्वमा बाणिज्य बैंक सम्म, उत्तरमा कृषी विकास बैंक हुँदै महिता चोकसम्म, दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढी चोक हुँदै उत्तर भिच्छु चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको जनाएको छ ।

संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि कपिलवस्तुका विभिन्न स्थानमा विरोध र समर्थनमा प्रदर्शन हुँदै आएको छ ।यसले गर्दा जिल्लाको शान्ति व्यवस्थामा खलबल हुन सक्ने देखिएकाले जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बुढाथोकीले बताउनुभयो ।

५ नम्बर प्रदेशलाई टुक्र्याउने संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमाले लगायतका दलले जिल्ला सदमुकाम तौलिहवामा सोमाबार दिउँसो विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्