गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अजिता प्रधान
जोसुकै आउन देश उँभो लाग्ने आस छैन
सत्तामा पुगिसकेपछि उन्नति गर्ने छाँट छैन

गोजी भर्ने र मलाई मात्र चाहियो भन्ने हुँदा
भ्रष्टाचार अनि बेथिति रोक्ने कुनै बाँध छैन

विदेशीको तलुवा चाट्दै हिड्ने बेइमानहरु
आफ्नै धरा बन्धकि राखेर खान लाज छैन

सबै माथि पुग्छन् केवल गोजी भर्नका निम्ति
बिकासका नाममा सदन भित्र कुनै बात छैन

सत्ताको आडमा कमाएर मस्त हुनेहरुलाई
आज देश संकटमा पर्दा कुनै सन्ताप छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्