नेपालमा पहिलो पटक क्यालिस्टेनिक्स च्याम्पियनसिप

<span class='c1'>नेपालमा पहिलो पटक</span> <span class='c2'>क्यालिस्टेनिक्स च्याम्पियनसिप</span>

काठमाडौं । नेपालमा पहिलो पटक क्यालिस्टेनिक्स(शारीरिक व्यायाम) च्याम्पियनसिपको आयोजना गरिएको छ ।

काली नेपालको आयोजना एवम् राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), र पुनर्वास केन्द्रसँगको सहकार्यमा एनएमबी काली नेपाल क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न भएको हो ।

काठमाडौंको नाडा पार्क बाँसबारीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो । च्याम्पियनसिपमा महिला पुरुष गरि पचास जनाले सहभागिता जनाएका थिए । काली नेपालका अध्यक्ष सम्राट पाण्डेले नेपालमा क्यालिस्टेनिक्स खेलको सुरुवात गरेको जनाएका छन् । बेलायतमा लामो समयको अध्ययन पश्चात् नेपाल फर्किएका पाण्डेले यस्तो खेलको सम्भावना रहेका युवाहरुको जमात ठुलो रहेकाले आकर्षण बढााउन र आगामी दिनमा अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडीलाई पुर्याउन प्रयासरत रहेको बताए ।

खेलबाट उत्कृष्ट पाँच जनालाई अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र आउँदो डिसेम्बरमा बृहत क्यालिस्टेनिक्स प्रतियोगिताको आयोजना गर्ने राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्रका अध्यक्ष बिबेक बिक्रान्त अधिकारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्