डिजिटल युगमा बुबाको मुख हेर्ने दिन : प्रविधिमार्फत आशीर्वाद लिन्छन् सन्तान

<span class='c1'>डिजिटल युगमा बुबाको मुख हेर्ने दिन</span> <span class='c2'>: प्रविधिमार्फत आशीर्वाद लिन्छन् सन्तान</span>

इन्दु साह
विराटनगर । आजको डिजिटल युगमा बुबाको मुख हेर्ने दिन मनाउने तरिका फरक भएको छ।

कोरोना महामारीपछि बढेको प्रविधिको प्रयोगले यसवर्ष पनि धेरै परिवारहरूलाई भर्चुअल रूपमा जोडेको छ । विदेशमा भएका देखि स्वदेशमै भएरपनि कार्यविशेषले घर जान नपाउनेहरुका लागि डिजिटल माध्यम नै विकल्प हुने गरेको हो ।

कुशे औंसीका दिन नेपालीहरु जहाँ भएपनि विशेष रुपमा आफ्ना बुबालाई सम्झने गरेका छन्। यस सम्झनामा उनीहरुले प्रत्यक्ष भेटगर्न सम्भव नहुँदा मोबाईबाटै भिडियो अथवा अडियोकलमार्फत नै शुभकामाना दिने तथा माया साटासाट गर्ने गर्दछन् । हुन त सन्तानले सदैव आफ्ना आमाबुबालाई सम्झन्छन् । टाढै भएतापनि समय मिलाएर फोनमा कुराकानी गर्ने गदर्छन् । तर आजको दिन हरेक सन्तानले बुबालाई उपहार दिने र बुबासँग समय बिताउने गर्दछन् । यसैगरी बुबाहरुले समेत आफुभन्दा टाढा रहेको सन्तानलाई सम्झन्छन् ।

विराटनगरका ६ बस्दै आएका २२ वर्षीय विजय साह हाल कुवेत पुगेका छन् । उनको यो वर्षको कुशे औंसी बुबाबाट टाढा भएको पहिलो अनुभव हो । नेपाल रहँदा प्रत्यक्ष बुबाको मुख हेरीने भएपनि यस पटक डिजिटल प्रविधिको सहयोग लिनु परेको उनले सुनाए । बिहानै भिडियो कलमार्फत बुबासँग कुरा गर्ने र आशीर्वाद लिने उनले बताएका छन् । प्रविधिले दूरी घटाएको छ साहले भने ।

यस्तै विराटनगर ३ बस्दै आएकी २४ वर्षीया सञ्चारकर्मी नम्रता न्यौपानेले पनि यस पटक घर जान नपाएको बताईन् । मेरो बुबा ईलाम स्थित घरमा हुनुहुन्छ तर म विराटनगरमा कार्यरत छु । त्यसैले यसपटक घर नजाने भएकोले हामी बाबुछोरीले मोवाईलमा भिडियोकल मै कुराकानी गरेर चित्त बुझाउँछौ । म कुशे औंसीको दिन बिहान बुबालाई फोन गर्छु र आशीर्वाद लिन्छु । मैले बुबाको लागि राखेको उपाहार दशैमा घर जाँदा लगिदिने गरेकी छु, न्यौपानेले भनिन् ।
यसले देखाउँछ कि विदेशमा रहेका धेरै नेपालीहरूले र स्वदेशकै विभिन्न स्थानमा रहेकाले आफ्ना बुबासँग कुरा गरिरहेका छन् ।

प्रविधिले परिवारलाई जोड्ने नयाँ माध्यम दिएको छ। यद्यपि भावनात्मक सम्बन्धलाई बलियो बनाउन प्रत्यक्ष भेटघाटको महत्त्व रहन्छ । बुबाआमाले आफ्ना सन्तानलाई प्रत्यक्ष देख्न पाउनु, भेट्न पाउनु र उनीहरुको समिपमा बस्न पाउनुलाई आफ्नो जीवन सम्झन्छन् । सन्तानले पनि बुबाआमाको भावना अनुसारको प्रगति गरेर देखाउने सपना बोकेका हुन्छन् । तर, सधैं सँगै रहेर यी दुवै कुरा पूरा हुन सक्दैन । त्यहि भएर बुबाको मुख हेर्ने दिन प्रविधिले दिएको सुविधा उपयोग गरेर भएपनि मुख हेर्ने चलन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्