काभा वुमन्स क्लब च्याम्पियनसिपका लागि पुलिसमा ३ राष्ट्रिय खेलाडी अनुबन्ध

<span class='c1'>काभा वुमन्स क्लब च्याम्पियनसिपका लागि</span> <span class='c2'>पुलिसमा ३ राष्ट्रिय खेलाडी अनुबन्ध</span>

काठमाडौं । नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।

यी तीन जना खेलाडी आगामी काभा वुमन्स क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबबाट खेल्ने छन् । काभा वुमन्स क्लब च्याम्पियनसिप सेप्टेम्बर दोस्रो साता माल्दिभ्समा हुनेछ ।

पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडी अनुबन्ध गरेको बताए । घरेलु भलिबलमा सरस्वती र निरुताले एपीएफ क्लबबाट र सुमित्राले न्युडायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्दै आएका छन् । यसअघि, यी तीनै खेलाडी काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उप विजेता हुँदा राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन् । सुमित्रा रेग्मीले सोही प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

पुलिस क्लबले यसअघि घरेलु भलिबलमा च्याम्पियन बनिसकेको छ र यो पहिलो पटक काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्न लागेको हो । त्यसका लागि पुलिसले प्रशिक्षण पनि सुरु गरिसकेको छ । पुलिस क्लबमा राष्ट्रिय टोलीकी उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, र शान्तीकला तामाङ रहेका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेकी कामना पुन र मनिषा चौधरी पनि पुलिस टोलीमै छन् ।

नयाँ खेलाडीहरूको समावेशले पुलिसको टोलीलाई अझ बलियो बनाएको छ । काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्