अस्वस्थ अवस्थामा भेटिइन् अस्मिता

<span class='c1'>अस्वस्थ अवस्थामा</span> <span class='c2'>भेटिइन् अस्मिता</span>

विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका–७ स्थित मृत फेला परेका २ नाबालिकाका आमा अस्मिता न्यौपाने पाँच दिनपछि अस्वस्थ अवस्थामा भेटिएकी छन् ।

उनलाई प्रहरीले बुधबार बिहान झापामा फेला पारेर नियन्त्रणमा लिएको हो ।

बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारिएपछि उपचारका लागि विराटनगर, कोशी अस्पताल भर्ना गरिएको छ ।
अस्मितालेसँगै लिएर गएको भनिएका २ नाबालिका छोरी गत शनिबार दिउँसो केराबगानमा मृत फेला परेका थिए । त्यसपछि उनी फरार थिइन्।

उनको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो । उनी अर्जुनसँग धनकुटा पाख्रिबास-६ हर्रेमा विवाह गरेर गएकी थिइन् । पछि मोरङ झरेर घर बनाइरहेका बेला घटना भएको हो । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले १ बजे घटनाको विषयमा सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्