लघुकथा : आँगन

<span class='c1'>लघुकथा :</span> <span class='c2'> आँगन</span>

-ऋषि तिवारी
एकासाँझ आफ्नो बेडरुममा छिरेँ । ढोकामा चुकुल लगाएर बसेँ । चुकुल लगाएपछि श्रीमतीले ढोका ढकढकाइन् । भनिन्- "ढोका खोल्नुस त एकचोटी ।" मैले भित्रैबाट जवाफ फर्काएँको थिएँ । "किन ढोका खोल्नु ?" म एकछिन साहित्यमा रमाउँदै छु।

उनलाई पनि थाहा थियो साँझपख अफिसबाट फर्केपछि म साहित्य रुपी बगैंचामा रमाउँछु भन्ने । यसो रमाउँदा रमाउँदै थकित मुद्रामा हुँदा, साथमा एक कप चिया चाहिँ अवश्य सुर्को तान्न चाहिन्थ्योँ ।

म भित्र थिएँ । मेरो दुई नयन टी टेबलमा पर्यो । चिया थिएन टेबलमा ।

उनले हातमा एक कप चिया र एक गिलास पानी बोकेर ढोका खुल्ने प्रतिक्षामा बसिरहेकी रहिछिन् । ढोका खोल्ने बित्तिकै चिया पानी लिएर म भएको शयन कक्षमा प्रवेश गरिन् ।

चिया लिएर टेबलमा राखिन् । "लु एक गिलास चिसो पानी पिउँनुस अनि बिस्तारै तातो चियाको सुर्कोसंगै साहित्यमा रमाउँनुस् ।"

श्रीमतीको यस्तो हौषलाले म फुर्किन्थेँ पनि । नफुर्कौं पनि कसरी हरेकपल्ट अफिसबाट घर आउँदा आफ्नै आँगनमा साहित्यिक रुपी फूल एउटा न एउटा फुलेकै हुँन्थे ।

विराटनगर-६,ममता-मार्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्