साक्षरता दिवस : नेपालमा पढ्न लेख्न जान्नेको संख्या दुई करोड तीन लाख

<span class='c1'>साक्षरता दिवस : नेपालमा पढ्न लेख्न</span> <span class='c2'>जान्नेको संख्या दुई करोड तीन लाख</span>

काठमाडौं । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् ।

पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् ।

सरकारले पहिलो पटक २०६५ सालमा निरक्षर अभियानको सुरुवात गरेको थियो । तर अभियान प्रभावकारी देखिएको छैन् । ‘बहुभाषिक शिक्षाको प्रवर्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आइतबार ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा अभियानको समिक्षा सुरु भएको छ।
साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्