युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी

<span class='c1'>युइएफए नेसन्स लिग</span> <span class='c2'>फुटबलमा स्पेन विजयी</span>

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी भएको छ ।

आइतबार राति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा फावियन रुइजले २ गोल गर्दा जेसेलु र फेरान टोरेसले एक एक गोल थपेका थिए । स्वीट्जरल्याण्डका लागि मोहमद जेकी अमदौनीले एक गोल फर्काए ।

स्वीट्जरल्याण्डको मैदानमा पाहुना टोली स्पेनले चौथो मिनेटमै अग्रता लिएको थियो । युवा खेलाडी लामिने यामलको पासमा जोसेलुले गोल गर्दै अग्रता दिलाएका थिए । आठौं मिनेटमा स्वीट्रल्याण्डले गरेको गोल भारले मान्यता दिएन । १३ औं मिनेटमा फावियन रुइजले अग्रता दोब्बर बनाए । २० औं मिनेटमा स्पेनका रोविन ली नोर्मान्डले रातो कार्ड पाउँदै मैदान छाड्दा टिम १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा रहेको स्पेनमाथि दबाब बढाउँदै स्वीट्जरल्याण्डका अमदौनीले ४१ औं मिनेटमा गोल फर्काउँदै अग्रता २–१ मा झारेका थिए । तर, अहिले उत्कृष्ट लयमा रहेको स्पेनले ७७ औं मिनेटमा फेरान टोरेसको पासमा फावियन रुइजले व्यक्तिगत दोस्रो गोल गर्दा टिम ३–१ ले अघि बढेको थियो । ८० औं मिनेटमा जोसेलुको पासमा टोरेसले व्यक्तिगत पहिलो गोल गर्दा स्पेन ४–१ को फराकिलो अन्तरले विजयी भयो ।

जितसँगै समूह डी मा रहेको स्पेनले दुई खेलबाट चार अंक जोडेको छ । यता, स्विट्जरल्यान्डको भने यो लगातार दोस्रो पराजय हो । स्पेन यसअघि सर्बियासँग गोलरहित बराबरीमा रोकिएको थियो भने स्विट्जरल्यान्ड डेनमार्कसँग पराजित भएको थियो । यही समूहमा रहेको डेनमार्कले भने लगातार दोस्रो जीत निकालेको छ । आइतबार राति नै भएको खेलमा डेनमार्कले सर्वियालाई २–० गोल अन्तरले पराजित गरेको हो । डेनमार्कको जीतमा अल्बर्ट ग्रोनबाकले ३६ औं र युसुफ पुलसेनले ६१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै डेनमार्कले २ खेलबाट ६ अंक बनाएर आफूलाई शीर्ष स्थानमा राखेको छ ।

यसैगरी स्पेन २ खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा छ भने सर्विया १ अंकका साथ तेस्रो स्थानमा रहँदा स्वीट्जरल्याण्ड भने अंकविहीन रहँदै पुच्छारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्