मानव अधिकार सम्बन्धि भिडियो सार्वजनिक

<span class='c1'>मानव अधिकार सम्बन्धि</span> <span class='c2'>भिडियो सार्वजनिक</span>

प्रेम देवान
विराटनगर २५ मंसिर । ६८ आंै अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा मानव अधिकार सम्वन्धी रहेको म्यूजिक भिडीयो सार्वजनिक गरिएको छ ।
जिल्ला विकास समिती मोरङको सभाहलमा शनिबार एक कार्यक्रम विच म्यूजिक भिडीयो सार्वजनिक गरिएको हो । म्यूजिक भिडीयोलाई प्रमुख अतिथी उच्च अदालतका मुख्य न्यायधीस तेज बहादुर केसीले सार्वजनिक गरेका हुन् ।
उक्त म्यूजिक भिडीयोलाई विराटनगरका गायक एवम संगीतकार प्रवलदिप विश्वसले निर्देशन तथा संगीत दिएका छन् । भिडीयोमा मानव अधिकार, आपन अधिकार,सबके अधिकार, मानव अधिकार बोलको थारु गीतमा झंकर बहादुर रावलको परिकल्पना एवम निर्देशन अनुसार गीतको शब्द भुदेव भगतले तयार पारेका हुन् । यस भिडीयोको छायाकंन मोरङ र सुनसरीको विभिन्न स्थानमा गरिएको निर्देशक प्रवलदिपले बताए । यस गीतमा सुशान्त रेग्मी, प्रिया उपाध्याय, दिव्या गिरी, अलस्का खरेल र शिव राजवशीले स्वर दिएका छन्।
त्यस्तै गीतको भिडीयोमा डा.विनोद श्रेष्ठ, प्रेशिका निरौला, सुजन क्षेत्री,कल्पना भट्टराई,मनिता चौधरी,शारदा गिरी,आर्नवि भट्टराई लगायत निर्देशक विश्वास स्वयमले अभिनय गरेका छन् । भिडीयोको छायाकंनमा सरोज खनाल,श्रृगारमा रन्जु श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्