काभा महिला भलिबलका लागि पुलिस क्लबको टोलीलाई बिदाइ

<span class='c1'>काभा महिला भलिबलका लागि</span> <span class='c2'>पुलिस क्लबको टोलीलाई बिदाइ</span>

काठमाडौं । नेपाल भलिबल संघल माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ ।

मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन् ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो । च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।
भदौ ३० देखि असोज ५ गते सम्म हुने च्याम्पियनसिपका लागि टोली भोली बिहीवार माल्दिभ्स जानेछ । सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली रहेका थिए ।

पुलिसको भलिबल टोली
कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट,शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना , सुमित्रा रेग्मी , कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्