कप्तान केनको गोलमा इंग्ल्याण्ड विजयी

<span class='c1'>कप्तान केनको गोलमा</span> <span class='c2'>इंग्ल्याण्ड विजयी</span>

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए । ५७ औं मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । उनै केनले ७६ औं मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमले गोल नगर्दा अन्ततः इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भयो । केनले इंग्ल्याण्डको राष्ट्रिय टिममा सन् २०१५ मा लिथुआनियाविरुद्ध २०१६ को युरो क्वालिफायिङमा डेब्यु गरेका थिए । यही समूह २ मा रहेको ग्रीकले आयरल्याण्डलाई पनि २–० गोल अन्तरले पराजित गरेको छ ।

ग्रीकका लागि फोटिस इओन्डिसले गोल गर्दै ५० औं मिनेटमा गोलको खडेरी तोडेका थिए । ८७ औं मिनेटमा क्रिष्टोस टोजिल्सले गोल गर्दै ग्रीकलाई २–० को जीत दिलाए । जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन् । आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्