मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय जरुरी

<span class='c1'>मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा</span> <span class='c2'>नीतिगत समन्वय जरुरी</span>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले सबै पक्षबीच नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारण सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको बताए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालय सबै मन्त्रालयसँग सम्बन्धित नै हुँदोरहेछ । कुनैपनि विषय अर्को मात्रै मन्त्रालयको हो, स्वास्थ्य होइन भन्न नपाइने रहेछ । त्यसैले मानव स्वास्थ्यसँग सबै पक्ष जोडिने भएको कारणले नीतिगत समन्वय गर्न आवश्यक देखिन्छ । नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारणले सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको कतिपय तथ्यहरुले देखाएको छ । एकआपसमा नीतिगत समन्वय कसरी गर्न सकिन्छ, कार्यगत प्रणालीलाई व्यवस्थापन गर्नेबारेमा निचोड निकालेर निर्णय गर्न आवश्यक छ ।’स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि राज्यका सबै संयन्त्रहरु सक्रिय बनाउन आवश्यक रहेको मन्त्री पौडेलको भनाइ छ ।

नागरिक सरोकारका विषयहरुलाई ध्यानमा राखेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रत्याभुत गराउन आफू लागि परेको उनको दाबी छ । ‘समितिको बैठक समेत नियमित गर्न जरुरी छ । अहिले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सरकारका सबै संयन्त्रहरुलाई परिचालन गर्न आवश्यक भएकोले यसका लागि राष्ट्रिय योजना आयोगसमेत सबै मन्त्रालयसँग छलफल भइरहेको छ । मन्त्रीका रुपमा आइसकेपछि यो पहिलो बैठक हो । अब हामी नागरिक सरोकारका विषयहरुलाई ध्यानमा राखेर प्रभावकारी स्वास्थ्य सेवाका लागि आम नागरिकलाई महसुस गराउने गरी काम गरिरहेका छौं,’ उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्