-अरुण खड्का
म स्पन्दन हुँ तिम्रो तिमी सास मेरो,
छ तिम्रो नजिकमा सधैं बास मेरो।
गरेकी तिमी छौ बहाना अनेकौं,
छ पारा अनौठो तिमी खास मेरो।
भरोसा लिएरै म आएँ बिहानै,
तिमी रातमा छौ सदा पास मेरो।
म आगो हुँदामा तिमी बन्नु पानी,
यही हो तिमीमा झिनो आस मेरो।
जवानी तिमीमा छ आशा तिमीमा,
बिना साथ तिम्रो जुनी लास मेरो।
काठमाडौं