गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-भूपाल अधिकारी
हर सन्त कुटीमा अब उत्पात हुँदै छ
दानवको हुँदा राज खुराफात हुँदै छ

निर्यात गरिदैछ कि मुग्लान युवा नै
घरभित्र खुबै लासको आयात हुँदै छ

छेक्दै छ सहर गाउँ अचानक कुहिरोले
दिनरात चिसो वायुले हिमपात हुँदै छ

अनमोल खसे वस्तु नयनबाट उनैका
घनघोर त्यहाँ आँसुको बर्सात हुँदै छ

उनलाई गरी प्रेम मिल्यो धाक र धम्की
लाग्दै छ उनैबाट निकै घात हुँदै छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्