गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नुपर्यो : अध्यक्ष प्रचण्ड

<span class='c1'>गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट</span> <span class='c2'>हट्नुपर्यो : अध्यक्ष प्रचण्ड</span>

झापा । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नु परेको बताएका छन् ।

झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टा पट्टा दिने निर्णय उल्टाएको छ । सो मुद्दाको पुर्णपाठमा २०६१ सालमा सट्टा पट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ ।

अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ । जमिनको कारोबारमा रोक लगाएपछि त्यहा रहेका ५ सयभन्दा बढी घरधुरी अन्यौलमा परेका छन् । उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामोसमय देखि कारोबार भईरहेको सो जमिनको बिषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले यिनै मुद्दा उठाउदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्