‘कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीले साना लगानीकर्ता मारमा ’

<span class='c1'>‘कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने</span> <span class='c2'>परिपाटीले साना लगानीकर्ता मारमा ’</span>

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् ।

आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो परिपाटीलाई समितिका सभापतिहरुले बसेर समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले एक प्रकारको असमझदारी बढेको छ । यसको समाधानका लागि समितिका सभापतिहरुले बसेर समाधान गरौं । क्षेत्रधिकार मिचेर निर्देशन दिने पनि केही अवस्थाहरु आउँछन् । तर संवादको माध्यमबाट यस्ता समस्याहरुलाई हल गर्दै लैजानुपर्दछ । ’साथै उनले कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीका कारण साना लगानीकर्ताहरु मारमा पर्ने गरेको बताए । उनले नियम संशोधन गरेर राजपत्रमा प्रकाशित नगर्दा सर्वसाधारण लगानीकर्ताहरुलाई त्यो जानकारी नहुँदा सूचनाको हकबाट बञ्चित भएको हो कि ? यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने बताए ।

यस्तै नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सञ्चालनमा नआई आईपीओमा कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले ऐन–कानुनका कारणले राम्रा कम्पनी बजारमा नआएका कारण बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्न नहुने बताए । उनले भने, ‘सञ्चालनमा नआई आईपीओमा आउने कम्पनी पनि छन्, ती कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ ? बजारमा अब्बल कम्पनी भित्रिएका छैनन् । हामीले समग्र रूपलाई हेर्नुपर्छ । ऐन–कानुनका कारणले राम्रा कम्पनी नआएका हुन् कि । बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्नु हुन्न । हाम्रा अहिलेका ऐन नियममा कहाँ के के कुरा मिलेको छैन त्यो पनि हेर्नुपर्ने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्