विराटनगरमा बिरयानी हाउसहरूको बढ्दो चलनः कत्तिको स्वस्थकर हुन्छन् परिकार

<span class='c1'>विराटनगरमा बिरयानी हाउसहरूको बढ्दो चलनः</span> <span class='c2'>कत्तिको स्वस्थकर हुन्छन् परिकार</span>

इन्दु साह
विराटनगर । विराटनगरका विभिन्न स्थानहरूमा बिरयानी हाउसहरूको संख्या बढ्दै गएको छ। यी हाउसहरूमा साकाहारी र मांसाहारी गरी दुई प्रकारका बिरयानी पाइन्छन्, जुन स्थानीयहरू माझ लोकप्रिय खाद्य परिकार बनेको छ। तर, यसको बढ्दो लोकप्रियतासँगै स्वास्थ्य र सुरक्षाका चुनौतीहरू पनि उतिकै छन् ।

रोयल विरयानी हाउस, नाईस विरयानी, विराट विरयानी, अरेवियन विरयानी हाउसलगायतका विराटनगरमा प्रसिद्द छन्। बिरयानी बनाउँदा विभिन्न प्रकारका सामग्रीहरूको प्रयोग हुन्छ। विशेषगरी मांसाहारी बिरयानीमा प्रयोग हुने मासुको गुणस्तर कस्तो छ ? त्यसले समेत उपभोक्ताको स्वाथ्यमा असर गर्ने÷नगर्ने भन्ने भरपर्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार लामो समयसम्म फ्रिजमा राखिएको मासु प्रयोग गरेर बनाइएको बिरयानीले मानव स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ ।

यस समस्यालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले कहिलेकाहि शहरका केहि बिरयानी हाउसहरूको अनुगमन गर्दै आएको छ। महानगरपालिकाको खाद्य गुणस्तर अनुगमन समितिका सदस्य धिरज राईले भने बिरयानी बनाउने भान्सा कोठाको सरसफाइ, खाद्य सामग्रीको गुणस्तर र समग्र व्यवस्थापनको जाँच गर्छौं। राईका अनुसार यदि कुनै उपभोक्ताले बिरयानीमा अस्वस्थकर वस्तु प्रयोग गरिएको गुनासो महानगरमा दिएमा अनुगमन समिति तुरुन्तै त्यहाँ गई स्वच्छता र खाद्य गुणस्तरको जाँच गर्छ।

सरोकारवाला निकायहरूको सहकार्यमा विराटनगर महानगरपालिकाले बजार अनुगमनका क्रममा बिरयानी हाउसहरूको समेत अनुगमन गर्ने गरेको छ। विगतमा महानगर क्षेत्रका केही बिरयानी हाउसहरूको अनुगमन भएको महानगरपालिकाका खाद्य प्राविधिक धिरज राईले जानकारी दिए। राईका अनुसार अनुगमनका क्रममा बिरयानी बनाउने भान्सा कोठाको सरसफाइ, खाद्य सामग्रीको गुणस्तर र समग्र व्यवस्थापनको निरीक्षण गरिन्छ। राईले यदि कुनै उपभोक्ताले बिरयानीमा अस्वस्थकर वस्तु प्रयोग गरिएको गुनासो महानगरमा दिएमा तत्काल अनुगमन हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्