गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सुरेश कुमार पाण्डे
हाम्रो देशमा न खोला न बगर सुरक्षित छ
अरू कुरै छाडौँ न आफ्नै घर सुरक्षित छ

मित्र चोरलाई चाबी दिएपछि त हुन्छ यस्तै
ढुक्क पर्ने अबस्था छैन न सहर सुरक्षित छ

देशभक्त शहीद भए देश र जनताको लागि
उनिहरूकै न यो देशभित्र कदर सुरक्षित छ

थोत्रा वहान झरझर पुल र भित्किन्छ बाटो
गुल्टिन्छ गाडि याहाँ नत सफर सुरक्षित छ

मदिरामा डुबेका मानव भन्छन् धार्मिक हौँ
चढ्छ बली जताततै न जनाबर सुरक्षित छ।

कस्तो देश बनाए हाम्रा नेताहरूले आज यो
आकास सुरक्षित न मित्रको भर सुरक्षित छ।

घोराही-१८,दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्