बिश्वासघात

<span class='c1'>बिश्वासघात</span> <span class='c2'></span>

-पारस भट्ट प्यासी
रुकुमतीलाई सबैले माया गरेर रानी भनेर बोलाउनु हुन्थ्यो! रानीले दस पास हुँदासम्म आफ्नै गाउँको एक सरकारी विद्यालयमा अध्यन गरिन् रानी पढाईमा अरु विद्यार्थी भन्दा राम्री थिइन् ! करिब पन्ध्र - सोह्र वर्षसम्म आमाबुबा ,दिदीबहिनी दाइ भाइ कै काखमा हुर्केकी रानी उच्च शिक्षा अध्यनको लागि सहर गइन्  रानी सहरमा केही समय आफ्नो फुफुको घरमा बसिन् र केही समयपछि भाडामा लिएर आफ्नै रुममा बस्न थालिन!

ठूलो परिवार आर्थिक अवस्था पनि अलि कमजोर नै थियो! छोरी सहर पसे लगत्तै  पढाई खर्च भएपनी जुटाउन सहज होला भनेर  बुबा पनि बिदेश जानुभयो! रानी घरको कान्छी छोरी थिइन् त्यसैले  घरपरिवार सबै जनाले धेरै माया गर्नुहुन्थ्यो! दाइले पनि बेला बेला सहर गएर बहिनी संग बस्नुहुन्थ्यो! दाइले बहिनी रानीलाई राम्रो सँग पढ्नु , बजार तिर धेरै नडुल्नु अपरिचित मान्छे सँग नहिड्नु , भनेर  सम्झाउनुहुन्थ्यो! रानीको दाइले पनि बुबा विदेशमा भएको हुँदा  घरतिरको रेखदेख गर्न सहरबाट समय समयमा घर फर्किनु पर्थ्यो !

घर पनि पुरानो थियो, पानी लागेको दिन चुहिने डर हुन्थ्यो गोठमा पानी पसेर गाईबस्तु, खसी बाख्रालाई नै बस्न अफ्ट्यारो हुन्थ्यो। !केही समयपछी  रानीको दाईले  गाउँले साथीभाइबाट ॠण निकालेर सानो घर बनाउनु भयो र त्यसपछि  बिवाह गर्नुभयो र रानीको दाले पनि विदेश गएर सबैको ॠण चुक्ता गर्ने  बिचार गर्नुभयो ! विदेश जान पनि धेरै  पैसा लाग्ने  गाउँका साथी भाइलाई विदेश जानुको लागि ॠण मागुँ भनेपनी पुरानै ॠण तिर्न बाँकी त्यसैले कसैसँग ॠण माग्न आँट गरेन आफ्नो आमाको  गरगहना बेचेर बिदेश जानुभयो !

दाइले बहिनी रानीलाई धेरै माया गर्नुहुन्थ्यो जे भनेपनी नाई भन्नु हुन्थेन !बेला बेला बहिनीलाई पैसा पठाई रहनुहुन्थ्यो! तर आफ्नो राम्रो ख्याल गर्नु ,पढाईमा ध्यान दिनु , गलत बाटोमा कहिले नहिड्नु भनेर सुझाव दिइरहनुहुन्थ्यो। ! सहरमा रानीको भने एकजना सहरिया केटासँग गाढा प्रेम बसेको थियो! धेरै दिन फुपुले केटाको मोटरसाइकल पछाडी भदै रानीलाई देखेको थियो ! र भदैलाई को हो  त्यो केटा भनेर सोद्धा ?!कोहि हैन मेरो साथी हो भनेर बताउने गरेकी थिइन् ! तर फुफुले भदै रानीको सबै चाल ढंग थाहा पाई सकेको थियो !

रानीका बुबा पनि केही वर्ष विदेश बसेर घर फर्कि हाल्नुभयो  र छोरीलाई भेट्न सहर जानुभयो बुबालाई छोरी रानीले कलेज जान आउन एउटा स्कुटर किन्न अनुरोध गरिन बुबाले छोरीलाई स्कुटर पनि किनि दिनुभयो

छोरी रानी केटासँग लागेको बुबालाई थाहा थिएन मात्रै फुपुलाई थाहा थियो! फुफुले आफ्नो दाइलाई  भदै सँग कलेज जान साइकल हुँदाहुँदै स्कुटर पनि किन किनेको भनेर सोधिन? तर  फुफुको दाइले घरको एक मात्रै  कान्छी छोरी भनी हाल्यो, कर गरि हाल्यो पढाईमा पनि राम्रै छे भोलि जागीर लागे त छोरीले हामीलाई हेरिहाल्छे भनेर जवाफ दिनुभयो! चिन्ता गर्नु हुने हो भनेर  भदैको कुनै कुरा पनि फुफुले दाइलाई बताएन ! 

रानीका बुबा केही दिनमा गाउँ फर्केर आईहाल्नु भयो ! त्यसपछि छोरी रानीलाई घुम्न डुल्न झन सजिलो भयो र रानी  र उसको प्रेमी दुवै जनालाई फुफुले बजारतिर दिनदिनै देखेपछी भदै  रानीलाई धेरै सम्झाउन भयो तर केही मानेन त्यसपछी फुपुले  भदै  रानीको  सबै कुरा विदेशमा रहेको भदुलाई बताईदिनु भयो ! भदुले बहिनी रानीलाई  निकै सम्झाउनु भयो तर फुफुले भनेको कुरा सबै झुटो हो भनेर रानीले दाइलाई ढाट्नुभयो! दाइ केही दिन बहिनी रानीसँग रिसाउनु भयो र पैसा पनि पठाएन पैसा पठाउन छोडेपछी रानीले दाइलाई फेसबुकमा ब्लक गरि दिईन त्यसपछि दाइलाई पुर्ण रुपमा  बहिनीको आनीबानी थाहा भयो!

पढाइ सँगै जपनिज भाषा सिक्दै गरेकी रानीले बुबालाई आफ्नो जापान जाने प्रोसेर पुरा  भैसकेको र स्टुडेन्ट भिसामा आफू जापान उड्ने कुरा सुनाईन र  रानीले बुबालाई  पन्द्र - बीस लाख रुपैया  खर्च लाग्ने बताइन् बुबाले विदेशमा रहेको छोरालाई फौन गरे र छोरीले भनेको सबैकुरा छोरालाई भने तर छोराले बहिनी रानीलाई विदेश नपठाएर विवाह गरिदिने  कुरा राख्नुभयो !उमेर पनि भैसकेको र रानीको पनि कुनै केटासँग प्रेम सम्बन्ध रहेको बुबालाई विदेशबाट छोराले बताउनुभयो !

बुबाले छोरीलाई फौन गरेर सबै कुरा सोधे छोरी रानीले पनि बुबालाई सबैकुरा सत्य सत्य बताईन् तर बिवाह भने केटाले केही बर्ष पछि मात्रै गर्छु भन्नू भएको छ भनेर भनीन् ! ठिक छ छोरी त्यसो भए अहिले बिदेश जाउ दुईचार बर्ष पछि बिहे गरि दिउँला अलि अलि पैसा ॠण गरेर भएपनी  हामी पठाई दिन्छौँ अलिअलि हुनेवाला ज्वाईं साहबलाई भन भनेर भन्नुभयो ! 

छोरी  रानी बुबाको कुरामा राजी भइन्  केही समयपछी जापान उडिन् ! रानीले पढाई सँगै जापानमा काम पनि गर्न थालिन्  बिस्तारै बिस्तारै घर परिवारलाई पैसा पनि पठाउन थालिन्  !

बुबालाई छोरीले  एकातर्फ कमाउन थालेको खुसी थियो भने एकातर्फ छोरी रानीको उमेर बढ्दै गएको चिन्ता थियो !तरपनी  छोरीले ज्वाईँ साहब खोजी सकेकोमा ढुक्क थिए रानीलाई करिब जापान गएको तीन -चार बर्ष  भैसकेको  थियो! त्यो बिचमा रानीले आफ्नो हुनेवाला श्रीमानलाई पनि  प्रसस्तै पैसा पठाई सकेकी थिईन् उसो त रानीले  सहरमा पनि आफ्नो धेरै पैसा हुनेवाला श्रीमान अथवा एक सहरिया केटालाई नै दिइराख्थिन् तर त्यो केटाले कुनै एक अर्कै केटिसँग विवाह गरेर आफ्नो फेसबुकमा  मेरो जिन्दगी लेख्दै बेहुली बेहुली बनेको, अंगालो हालेको तस्बिर सार्वजनिक गरे अन्ततः  सहरमा हुँदा देखि नै रानीबाट पाउने हरेक फाईदा, स्वार्थ लुटिरहेको केटाले रानीले कमाएको विदेशको धन सम्पती खान समेत छोडेन विदेशमा रानीको होस हरायो एउटा र सु-साइट नोटमा  मेरो जस्तो कसैलाई नपरोस् ,मैले जस्तो कसैले नगरुन् र मलाई जस्तो धोका कसैलाई नहोस् माफ गर्नु फुफु , माफ गर्नु दाइ , माफ गर्नु बुबा , बाईबाई साथिहरु सबैलाई धेरै धेरै सम्झना लेख्दै प्रेमको नाटक गर्दै एक सहरिया केटाले दिएको धोका र बिश्वासघात सहन नसकेर आफ्नो कोठामै आत्महत्या  गरिदिइन्!

बैतडी,सुदुरपश्चिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्