गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
म एक्लै छु तिम्रो सहरको सफरमा
लिई आस मीठो अधरको सफरमा

जता बास तिम्रो उतै उड्छ धड्कन
सधैँ हुन्छ मन यो सगरको सफरमा

थियो प्यास ज्यादै अनौठो हजुरको
हुँदा पाउ मेरो कहरको सफरमा

उभिएर हिड्नै नसक्ने भयो तन
मिल्यो चोट भित्रै रहरको सफरमा

मिलाएर तन,मन तिमी साथ देऊ
भुलौंला सराबी नजरको सफरमा

काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्