काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज छापावाला सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य १ हजार सात सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेकोे छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ९ सय २० रुपैयाँ निर्धारण भएको छ ।