विरानगरकी क्यान्सर पीडित निरौलालाई उपचार खर्च जुटाउन च्यारिटी अभियानमा युवाहरु

<span class='c1'>विरानगरकी क्यान्सर पीडित निरौलालाई उपचार</span> <span class='c2'>खर्च जुटाउन च्यारिटी अभियानमा युवाहरु</span>

विराटनगर । क्यान्सर पीडित सुजता निरौला तिम्सिनाको उपचार सहयोगका लागि युवाहरुको पहलमा चारलाख बढी रकम संकलन भएको छ । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल फेसबुक, वाटसप एप र म्यूजिक च्यारिटी सञ्चालन गरेर विराटनगर ८ निवासी ४१ वर्षीया निरौलाको उपचार खर्च जुटाउने अभियान भईरहेको छ ।

विराटनगरका युवा इशु पन्त, शिशिर अधिकारी, अनिस देवाली, साइका पन्त, कृजेन काफ्ले, अंगद दाहाल, जोसन श्रेष्ठ र अंकित साहले सहयोग जुटाउन सक्रियता देखाउँदै आएका छन् । निरौला च्यारिटी नाममा उनीहरुले सञ्चालन गरेको अभियानले धेरै ठूलो सहयोग पुगिरहेको क्यान्सर पीडित सुजताका छोरा सुशान्त निरौलाले जानकारी दिएका छन् ।

उनका अनुसार आवर विराटनगर डट नेटमा प्रकाशित समाचारका कारण मात्रै ४ लाख रुपैँया सहयोग प्राप्त भएको हो । त्यस बाहेक म्यूजिक च्यारिटीबाट शुभेच्छुकहरुले गरेको सहयोगबाट २६ हजार ८६२ रकम उठेको पन्तले बताइन् । उनका अनुसार दाजु चिया सञ्चालक सुमन खड्काले ११ हजार १०५ रुपैँया सहयोग गरेका छन् ।

‘आवर विराटनगरमार्फत इशु पन्तजीले समाचार प्रकाशित गरेर गर्नु भएको सहयोगप्रति आभारी छु, संस्था र उहाँले दिएको भरोसा सधैं मनमा रहिरहनेछ’ सुशान्तले भने–हामी बुबा नभएपछि आमाको सहारामा रहेका दुई दाजुभाई छौं, आमा क्यान्सरसँग जुधिरहनु भएको छ । उनका अनुसार अझै धेरै रकम लाग्ने भएपनि आम्दानीको स्रोत नभएका कारण कसरी धान्ने भन्ने छ । सुशान्त भर्खर २१ वर्षका छन् । उनी पढाईसँगै केहि गर्ने तयारीमा मात्रै थिए । उनका भाई १२ वर्षका मात्रै रहेका छन् । उनीहरुको बुबाको गतवर्ष हृदयघातका कारण निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्