कोशी प्रदेशमा “शान्ति स्थापनामा स्काउटको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

<span class='c1'>कोशी प्रदेशमा “शान्ति स्थापनामा स्काउटको</span> <span class='c2'>भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न</span>

विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा "शान्ति स्थापनामा स्काउटको भूमिका" विषयक प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगितामा कोशी प्रदेशका २४ वटा स्थानीय तहका स्काउटहरूले भाग लिएका थिए। विराटनगर महानगरपालिकाकी रागिनी न्यौपाने प्रथम, धरान उपमहानगरपालिकाका अनुप झा द्वितीय र लेटाङ नगरपालिकाकी रक्षा ओझा तृतीय भए। विजेताहरूलाई क्रमशः रु. ७,७७७/-, रु. ५,५५५/- र रु. ३,३३३/- नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक अरुण बस्नेत, महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र साहित्यकार कविता केशरी निर्णायक मण्डलमा रहेका थिए। कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले गरेका थिए भने सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गरेका थिए।

कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान, प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, प्रदेश सामुदायिक विकास आयुक्त रिता पाठक लगायत स्थानीय प्रमुख आयुक्त, सहायक राष्ट्रिय प्रशिक्षकहरू, प्रदेश परिषद् सदस्यहरू, स्काउट लिडर, रोभर/रेन्जर, स्थानीय बुद्धिजीवी, समाजसेवी, अभिभावक र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

यस प्रतियोगिताले शान्ति स्थापनामा स्काउटको भूमिकाबारे जागरूकता बढाउने र युवाहरूलाई सामाजिक उत्तरदायित्व बोध गराउने उद्देश्य राखेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्