जहदामा जीवन विकासको सीपमूलक तालिम

<span class='c1'>जहदामा जीवन विकासको</span> <span class='c2'>सीपमूलक तालिम</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका –४ मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले सीपमूलक तालिम सुरु गरेको छ । २४ जिल्लाका ग्रामीण बस्तीहरूमा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले रामचोक शाखा मार्फत उद्यमशीलताको विकासका लागि सीपमूलक तालिम आयोजना गरेको हो ।

स्थानीय सिसवनी कृषि सहकारीसँगको सहकार्यमा वडा कार्यालयमा आइतबारबाट सुरु भएको तालिम असोज ८ गतेसम्म चल्नेछ । तालिममा जहदाका ३० जना किसान सहभागी छन् । तालिमका सहभागीलाई व्यावसायिक रुपमा गाईपालन गरिरहेका किसानसँग अन्तरक्रियाका लागि अवलोकन भ्रमणमा पनि लगिने लघुवित्तले जनाएको छ ।

उन्नत जातको गाईपालनका लागि प्रोत्साहित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जीवन विकास लघुवित्तको उद्यमशीलता विकास विभागका प्रमुख मनोज शर्माले जानकारी दिए । पशुपालन सम्बन्धी तालिमपछि पशु आहार साइलेज बनाउने तालिम पनि दिने तयारी रहेको उनले बताए । उनका अनुसार उद्यमशीलता विकास अभियान अन्तरगत सदस्यले गाईपालन गरी उत्पादन गरेको दूध घरबाटै बिक्री गर्ने वातावरण संस्थाले मिलाइदिनेछ ।

संस्थाले जहदा गाउँपलिका – ४ लाई वातावरण मैत्री गाउँ (इको भिलेज)बनाउने तयारी गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्