काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,चाँदीको मूल्य भने मंगलबार घटेको छ ।
सोमबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भईरहेको छ ।