न्युजिल्यान्डका वैज्ञानिकले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

<span class='c1'>न्युजिल्यान्डका वैज्ञानिकले पत्ता</span> <span class='c2'>लगाए घोस्ट ‘स्पुकफिस’</span>

वेलिङ्टन । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्दछ ।

वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन न्यारो–नोज्ड–स्पुकफिस अस्ट्रेलिया र न्युजिल्यान्डको गहिरो पानीमा बस्ने पाइएको छ ।

यी नमुनाहरू चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा पत्ता लगाइएको थियो । चाथम राइज प्रशान्त महासागरको एक भाग हो र यो न्युजिल्यान्डको दक्षिणी टापू नजिक पूर्वतर्फ करिब एक हजार किलोमिटर फैलिएको छ ।

घोस्ट सार्क वा किमेरा सार्क र किरणहरूसँग सम्बन्धित छन् तर यी माछाको त्यस्तो समूहका अङ्ग हुन् जसको कङ्काल पूर्ण रूपमा नरम हाडले बनेको हुन्छ । स्पुकपिस नामले पनि चिनिने घोस्ट सार्कका काला आँखा र चिल्लो, हल्का खैरो र कत्लारहित छाला हुन्छ ।

तिनीहरूले आफ्नो विशिष्ट चुच्चो जस्तो मुख प्रयोग गरेर दुई हजार छ सय मिटरसम्मको गहिराइमा क्रस्टेसियनहरू खान्छन् ।

अनुसन्धान वैज्ञानिक ब्रिट फिनुक्सीले भन्नुभयो, “यस्ता प्रकारको घोस्ट सार्क धेरै हदसम्म समुद्रको पिँधमा सीमित हुन्छन् ।” उहाँले यस नयाँ प्रजातिलाई आफ्नी हजुरआमाको सम्झनामा ‘हेरियोटा एभिया’ वैज्ञानिक नाम दिनुभयो ।

“तिनीहरूको वासस्थानका कारण तिनीहरूलाई अध्ययन र अनुगमन गर्न कठिन हुन्छ, यसको अर्थ हामी तिनीहरूको जीवविज्ञान वा खतराको स्थितिबारे धेरै जान्दैनौँ तर यसले यस्ता खोजहरूलाई अझ रोमाञ्चक बनाउँछ”, उहाँले भन्नुभयो ।

वैज्ञानिकहरूले स्पुकफिस आनुवंशिक रूपमा र आकारका आधारमा फरक छ भन्ने पत्ता लगाउनुअघि यसलाई विश्वव्यापी रूपमा वितरित एकल प्रजातिको हिस्सा मानिन्थ्यो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्