ला लिगा : डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित

<span class='c1'>ला लिगा : डेपोर्टिभो एलाभेसमाथि</span> <span class='c2'>रियल म्याड्रिडको ३–२ गोलको जित</span>

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ ।

एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो । रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे ।

रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे। यी गोल ८५ र ८७ औँ मिनेटमा भए । रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो । मंगलबारका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हरायो भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्