यातायात व्यवस्था कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना बिचौलिया नियन्त्रणमा

<span class='c1'>यातायात व्यवस्था कार्यालय इटहरीबाट नक्कली</span> <span class='c2'>डाक्टरसहित १७ जना बिचौलिया नियन्त्रणमा</span>

विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीमा स्थानीय प्रशासनले आकस्मिक चेकजाँच गरेर एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलिले यातायात अन्तर्गत सवारी र चालक अनुमतिपत्र हेर्ने दुवै कार्यालयमा अनुगमन गरेको हो ।

संघीय सरकार मातहत हुँदा खासै वास्ता नगर्ने स्थानीय प्रशासनले प्रदेश सरकार मातहत आएपछि पनि दशैंको मुखमा आकस्मिक अनुगमन गरेको भन्दै कतिपय सरोकारवालाहरुले प्रश्न समेत उठाएका छन् । यद्यपी स्थानीय प्रशासनले गरेको अनुगमनमा सेवाग्राहीलाई दुःख दिने १७ जना बिचौलिया पक्राउ परेका छन् ।

बुधबार सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीको नेतृत्वको टोलि कार्यालय पुग्दा डाक्टर भनिएका व्यक्ति नक्कली रहेको खुलेको थियो । त्यसपछि असम्बन्धित व्यक्तिहरुले यातायात व्यवस्था कार्यालयको सेवामा प्रभाव जमाएर नागरिकमाथि बिचौलियाको काम गरिरहेको खुलेको थियो ।

अनुगमनका क्रममा एक नक्कली डाक्टरसहित १७ जना विचौलियालाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । पक्राउ परेकाहरुमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान अगाडी बढाउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्