कोशी प्रदेश स्तरीय खेवाङ गोल्डकप कात्तिक १० गतेदेखि

<span class='c1'>कोशी प्रदेश स्तरीय खेवाङ</span> <span class='c2'>गोल्डकप कात्तिक १० गतेदेखि</span>

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका ७ खेवाङमा कोशी प्रदेश स्तरीय खेवाङ गोल्डकप आयोजना हुने भएको छ ।

आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म खेवाङ गोल्डकपको सातौँ संस्करण आयोजना हुने भएको हो ।

सदरमुकाम फुङलिङमा आयोजक खेवाङ स्पोर्टिङ क्लबले प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब कोशी प्रदेशसहित प्रतिष्ठित आठ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष बिनम माबोले बताउनुभयो । उहाँका अनुसार रेड स्टार फुटबल क्लब झापा, कुम्मायक गाउँपालिका पाँचथर, तेल्लोक स्र्पोटिङ क्लब ताप्लेजुङ, लालीगुराँस स्र्पोटिङ क्लब सिदिङ्वा, नैना कम्पनी प्रालि, खेवाङ, पेदाङ स्र्पोटिङ क्लब पेदाङ र आयोजक खेवाङ स्पोर्टीङ क्लबले प्रतियोगितामा भाग लिने छन् ।

गोल्डकपको बिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपबिजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी ,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ । गोल्डकपमा विधागत पुरस्कारको समेत प्रवन्ध गरिएको अध्यक्ष माबोले बताउनुभयो ।

खेलकुदलाई पर्यटन, कृषि र पूर्वाधारसँग जोड्दै नयाँ खेलाडी उत्पादन, खेलाडीको व्यवसायीकरण र खेल कौसलको प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको बताईएको छ । दुई दशक अघि ग्रामिण क्षेत्र खेवाङका युवाहरु मिलेर स्थापना गरेको उक्त संस्थाले वार्षिक रुपमा खेलकुदका कार्यक्रम गर्दै आएको छ ।

गोल्डकप सम्पन्न गर्न करिब १५ लाख बढी रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । सिरीजङ्घा गाउँ कार्यपालिकाको कार्यालय, सिरीजङ्घा गाउँपालिका वडा नं ७ को कार्यालय, सिरीजङ्घा गाउँपालिकामा निर्माणाधीन विभिन्न जलविद्युत् परियोजना र गोल्डकपलाई सम्मान, हौसला र माया गर्ने दाता महानुभावहरूबाट आर्थिक सहयोग प्राप्त भईरहेको अध्यक्ष माबोको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्