भ्रष्टाचार नियन्त्रण गर्न आयोगको भूमिका महत्वपूर्ण हुँदै आएको छ : प्रदेश प्रमुख खापुङ्ग

<span class='c1'>भ्रष्टाचार नियन्त्रण गर्न आयोगको भूमिका महत्वपूर्ण हुँदै</span> <span class='c2'>आएको छ : प्रदेश प्रमुख खापुङ्ग</span>

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन आज बुझाएको छ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले ३४ औँ बार्षिक प्रतिवेदन बुझाउनु भएको हो । प्रदेश प्रमुख खापुङ्गलाई आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम उक्त प्रतिवेदन बुझाएको हो । प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन बुझ्दै देशमा सुशासन कायम गर्न,भ्रष्टाचार नियन्त्रण गर्न, अनुशासन कायम गर्न आयोगको भूमिका महत्वपूर्ण हुँदै आएको बताउनुभयो ।

उहाँले भ्रष्टाचार वृद्धिले मुलुकको सुख, शान्ति, र विकासमा अवरोध सिर्जना गर्ने भएकोले यसलाई नियन्त्रण गर्नु अति आवश्यक रहेको विचार राख्नुभयो ।
उहाँले हामी सबै मिली भ्रष्टाचारलाई उन्मुलन र नियन्त्रण गर्न हातेमालोका साथ अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो ।

आयोगका इटहरी कार्यालयका प्रमुख न्यौपानेले प्राप्त संवैधानिक जिम्मेवारका साथै मुलुकमा हुने भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्ने राज्यको नीति कार्यान्वयन गर्न निर्भिकता, निष्पक्षता र तटस्थताका साथ कार्य सम्पादन गर्ने मुख्य दायित्व रहेको बताउनुभयो । आयोगको इटहरी कार्यालयमा गत आर्थिक वर्षमा अघिल्लो आवबाट जिम्मेवारी सरेको ७४३ उजुरी सहित नयाँ दर्ता भएको दुई हजार ८६ गरी कूल दुई हजार ८२९ बटा उजुरी कायम हुन आएको मध्ये गत आवमा दुई हजार २८१ उजुरी फछर्यौट गरेको छ।

आयोगले गत आवमा ८० दशमलब ६३ प्रतिशत उजरी फछर्यौट गरेको वितरण गरिएको तथ्याङकमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्