जम्मु–कस्मिरमा विधानसभा निर्वाचन अन्तर्गत अन्तिम चरणको मतदान

<span class='c1'>जम्मु–कस्मिरमा विधानसभा निर्वाचन अन्तर्गत</span> <span class='c2'>अन्तिम चरणको मतदान</span>

श्रीनगर (भारत) । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवम् अन्तिम चरणको मतदान सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो। भारत–पाकिस्तानबीच विभाजित रहेको क्षेत्र त्यसबेलादेखि सङ्घीय रूपमा नियुक्त गभर्नरको नियन्त्रणमा रहँदै आएको छ ।

३५ वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कस्मिर क्षेत्रमा करिब पाँच लाख भारतीय सेना तैनाथ गरिएको छ र मङ्गलबारको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उच्च बेरोजगारी दर र सन् २०१९ को परिवर्तनप्रति आक्रोशले अभियानलाई उत्प्रेरित गरेको छ र स्थानीय दलहरूले कस्मिरको स्वायत्तताको पुनर्स्थापनाका लागि लड्ने वाचा गरेका छन् ।

मतदानको पहिलो दुई चरणमा ५५ प्रतिशतभन्दा बढी योग्य मतदाताले मतदान गरेका थिए ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। करिब एक दशकपछि जम्मु–कस्मिरमा भएको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको परिणाम अक्टोबर ८ मा घोषणा गरिनेछ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्