एभरेष्ट महिला भलिबल लिग : गण्डकीमाथि कर्णालीको लगातार दोस्रो जित

<span class='c1'>एभरेष्ट महिला भलिबल लिग :</span> <span class='c2'>गण्डकीमाथि कर्णालीको लगातार दोस्रो जित</span>

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विजले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा भएको खेलमा कर्णालीले गण्डकी थन्डर्समाथि ३–२ को जित हात पार्न सफल भएको हो । पहिलो सेट गण्डकीले २५–१५ ले सहज रूपमा जितेको थियो ।

दोस्रो सेटमा कर्णाली खेलमा फर्कियो। कर्णालीले दोस्रो सेट २५–२२ ले जित्यो। तेस्रो सेटमा पनि कर्णाली २५–१७ ले अघि रहेको थियो । तर चौथो सेट भने गण्डकीले जित्यो । सो सेटमा गण्डकी २५–१९ ले रहदा खेल २–२ को बराबरीमा आयो । निर्णायक पाँचौ सेटमा कर्णाली १५–११ ले अघि रहदै खेल जित्न सफल भयो।

यसअघि कर्णालीले सोमबार भएको पहिलो खेलमा मधेश युनाइटेडमाथि ३–१ को जित निकालेको थियो । गण्डकीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा गण्डकीले चितवन शक्तिले ३–१ ले पराजित गरेको थियो । सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल असोज १९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्