टी–२० श्रृंखला : नेपाल क्यानडासँग चार विकेटले पराजित

<span class='c1'>टी–२० श्रृंखला :  नेपाल</span> <span class='c2'>क्यानडासँग चार विकेटले पराजित</span>

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल घरेलु टिम क्यानडासँग चार विकेटले पराजित भएको छ ।

किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे । यस्तै, निकोलस किर्तोनले २६, दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवनित धालिवालले १२ रनको योगदान दिँदा रविन्द्रपाल सिंह २० रनमा अविजित रहे । नेपालका लागि सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि अनिल साहले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, आसिफ शेखले ३० रन जोड्दा गुल्सन झा २३ रनमा अविजित रहे ।

यसैगरी, कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, करण केसीले ८ तथा कप्तान रोहित पौडेल र कुशल मल्ल समान ४–४ रन जोडे । क्यानडाका लागि हर्ष ठाकेरले २ तथा प्रविन कुमार, अखिल कुमार, डिलोन हेलिगर र साद बिन जाफरले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्