विराटनगरका तीन बसपार्कसहित मोरङमा दश स्थानमा यात्रु सहायता कक्ष, प्रदेशका ३७ स्थानमा

<span class='c1'>विराटनगरका तीन बसपार्कसहित मोरङमा दश स्थानमा</span> <span class='c2'>यात्रु सहायता कक्ष, प्रदेशका ३७ स्थानमा</span>

विराटनगर । विराटनगरका तीन बसपार्कसहित मोरङका दश स्थानमा दशैँ, तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले यात्रु सहायता कक्ष सुरु गरेको छ । कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले मंगलबार विराटनगर बसपार्कको यात्रु सहायता कक्षको उद्घाटन गरेसँगै मोरङका दश स्थानमा एकै पटक सञ्चालनमा आएका हुन् । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि सहजीकरण गर्न उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले जानकारी दिएका छन् ।

डिआईजी खापुङले प्रहरी चौबीसै घण्टा परिचान भई शान्ति सुरक्षा प्रदान गर्दै आइरहेकोमा विशेष गरी चाडपर्वको समयमा मानिसहरूको आवात जावत बढी हुने हुँदा सुरक्षाको लागि थप प्रहरी परिचालन गरिनुका साथै बसपार्कहरूमा यात्रु सहायता कक्षको स्थापना गरिएको बताएका थिए । आम नेपालीहरूको चाडपर्व सुखदायी तथा सुरक्षित बनाउन यातायात व्यवसायी, यातायात मजदुर लगायत सबैको सहकार्य आवश्यक रहेको बताउँदै १४ वटै जिल्लास्थित बसपार्क तथा यात्रुहरूको बढी चाप हुने स्थानहरूमा यात्रु सहायता कक्षको स्थापना गरिने उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल लगायत स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, यातायत मजदुरहरूको सहभागिता रहेको थियो ।

कोशी प्रदेशका जिल्लाका बिभिन्न स्थानमा पहिलो दिन मंगलबार ३७ स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको बताइएको छ । याक्राका त्रममा यात्रुहरूलाई कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक लम्सालले मोरङको विराटनगरस्थित बसपार्क, हाटखोला, रानी, गछिया, बेलबारी, विराटचौक, पथरीशनिश्चरे, लेटा«ङ, उर्लाबारी, रतुवामाईको आमवाडीमा यात्रु सहायता कक्ष स्थापना गर्ने तयारी रहेको जानकारी दिए । हरेक सहायक कक्षमा दुईजना ट्राफिक प्रहरी रहने छन् । नजिकको प्रहरी कार्यालयबाट त्यसमा समन्वय हुनेछ । यात्रु सहायता कक्षमा खटिने प्रहरीले निर्धारित भाडादर कायम नभए नभएको जानकारी लिने, गुनासो सुन्ने, सुरक्षित यात्राका बिषयमा यात्रुहरुलाई समेत जानकारी गराउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्