रगत अभाव कम गर्न नेकपा एमाले विराटनगरले रक्तदाता सञ्जाल निर्माण गर्ने

<span class='c1'>रगत अभाव कम गर्न नेकपा एमाले</span> <span class='c2'>विराटनगरले रक्तदाता सञ्जाल निर्माण गर्ने</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्त दाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । नेकपा एमाले मोरङको सभाहलमा बसेको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा विरामीहरुको लागि अस्पतालहरुमा भइरहेको रगत अभावलाई मध्ये नजर गर्दै रक्तदाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको हो ।

महानगर भित्रका पार्टी सदस्यहरुलाई समेत समेटेर नेकपा एमाले महानगर रक्त दाता सञ्जालको निर्माण गर्ने निर्णय गरेको महानगरका सचिव बलराम गिरीले जानकारी दिएका छन् । महानगर र मातहतका कमिटीहरूले प्रत्येक बैठक तथा कार्यक्रमहरुमा समेत माइन्यूटमा अनिवार्य रुपमा रगत समूहको अभिलेख राख्ने व्यवस्था मिलाउने व्यवस्था मिलाइएको छ ।

यस्तै बुधबार बसेको बैठकले महानगर कमिटीका सदस्य सुदिप कोइरालालाई विराटनगर महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कमिटीको प्रवक्तामा नियुक्त गरेको छ । बैठकले दशैं तिहार, नेपाल सम्बत, छठ, इद लगायत चाडपर्वको अवसरमा यहि असोज १९ गते विराटनगर–११ स्थित श्रीकृष्ण होटलमा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

यस्तै दोस्रो पूर्ण बैठक नबस्दा सम्मको लागि पार्टीका गतिविधिहरुलाई चलायमान बनाउन पदाधिकारीलाई अख्तियारी प्रदान गरेको बैठकले निर्णय गरे अनुसार आजै महानगर कमिटी र टोल कमिटीका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । जसलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज जीवन घिमिरे तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज पर्शुराम बस्नेतले सहजीकरण गरेका थिए । महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्