एभरेष्ट महिला भलिबलमा कर्णाली यश्विजको लगातार तेस्रो जित

<span class='c1'>एभरेष्ट महिला भलिबलमा कर्णाली</span> <span class='c2'>यश्विजको लगातार तेस्रो जित</span>

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विज लगातार तेस्रो खेलमा विजयी भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा कर्णाली यश्विजले ललितपुर क्विन्समाथि ३–० सोझो सेटमा जित निकालेको छ ।

लगातार तेस्रो खेलमा जित निकालेसँगै कर्णाली अंक तलिकाको शीर्ष स्थानमा पुगेको छ । ललितपुरले पनि यसअघि लगातार दुई खेलमा जित्न सफल भएको थियो भने यो पहिलो हार हो ।

कर्णालीले ललितपुरमाथि पहिलो सेट २५–२२ ले, दोस्रो सेट २५–२२ ले र तेस्रो सेट २९–२७ ले जित हासिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्